बागमती

बागमतीका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले लिए शपथ

इकागज |
माघ १६, २०७९ सोमबार १८:२७ बजे

मकवानपुर- बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले शपथ लिएका छन् । साेमबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सोमबार प्रदेश प्रमुखको कार्यालय बागमतीमा आयोजित शपथ समारोहमा मुख्य न्यायाधीश पुडासैनीले नेपाललाई पद तथा गाेपनीयताकाे शपथ गराएको प्रदेश प्रमुखको कार्यालय बागमती हेटौंडाले जनाएको छ ।


सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ स्थायी घर भएका नेपाललाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा गत माघ १२ गते बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् । नेपाललाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

मुख्य न्यायाधिवक्ता नेपालकाे शपथ समारोहमा मुख्यमन्त्री जम्कट्टेल र प्रदेशका अन्य मन्त्रीहरूकाे उपस्थिति रहेकाे थियाे ।


Author

थप समाचार
x