बागमती

लागुऔषधको लतमा लागेकालाई विद्युत तालिम

इकागज |
माघ १६, २०७९ सोमवार २०:३८ बजे

मकवानपुर - मकवानपुरको हेटौंडामा लागुऔषधको लतमा लागेकालाई तालिम संचालन गरिएको छ । लागुऔषधको लत पछि सुधार केन्द्रमा रहेका युवालाई लक्षित गर्दै हेटौंडामा विद्युत जडान तालिम सुरु भएको हो ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र र मकवानपुर रिकभरी समूहले सञ्चालन गरेको तालिमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।


नगर प्रमुख लामाले बिद्युत जडान तालिममा लागेकालाई रोजगारीको व्यवस्था मिलाउनका लागि उपमहानगरपालिका तयार रहेको बताइन् । रिकभरी समूह अध्यक्ष सुरज बिक्रम राणाको सभाध्यक्षतामा तीन महिने तालिम उद्घाटन कार्यक्रम भएको हो ।

सुधार केन्द्रमा रहेका ३६ जना मध्ये २० जना तालिममा सहभागी छन् । व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका शम्भु आचार्यले प्रशिक्षण दिनेछन्।


Author

थप समाचार
x