बागमती

बागमतीका कृषि मन्त्रीकाे ४४ बुँदे प्रतिबद्धता

इकागज |
माघ २५, २०७९ बुधबार १६:४० बजे

मकवानपुर- बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री केशव पोखरेलले ४४ बुँदे प्रतिबद्ध पत्र सार्वजनिक गरेका छन् ।

मन्त्री पोखरेलले आज प्रदेश राजधानी हेटौंडामा पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा सम्पादन गर्न सकिने कार्यबाहीहरू, नीति तथा कानुन तर्जुमा र कार्यान्वयनबारे जानकारी गराएका हुन् । 


गत ११ गते मन्त्रीका रूपमा नियुक्त भएका पोखरेलले आफ्नो लक्षित कार्यक्रमबारे प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले अनुसन्धान र प्रविधि प्रसार, उत्पादन उत्पादकत्व वृद्धि र बजारीकरण, भूमि व्यवस्थापन, क्षमता अभिवृद्धि, समन्वय र सहकार्य,सुशासन प्रवर्द्धन, अनुगमन र मूल्यांकनबारे योजना सार्वजनिक गरेका हुन् ।

यस्तो छ प्रतिबद्धताहरू :


Author

थप समाचार
x