बागमती

बागमती प्रदेशले दियो जनयुद्ध दिवसमा सार्वजनिक विदा

इकागज |
माघ २७, २०७९ शुक्रबार ७:५३ बजे

काठमाडौँ- कर्णाली प्रदेश सरकार पछि बागमती सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी विदा दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको गत २४ माघमा बसेको मन्त्रिपरिषद्‌ बैठकको निर्णय अनुसार १ फागुनमा जनयुद्ध दिवसको अवसरमा विदा दिने निर्णय भएको हो ।

बागमती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुसिल सापकोटाले जारी गरेको सूचनामा भनिएको छ, ‘जनयुद्ध दिवसको अवसरमा २०७९ फागुन १ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा सबन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’


यसअघि कर्णाली प्रदेशले पनि गत २३ माघको मन्त्रिपरिषदको निर्णय अनुसार ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो । दुबै प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार गठने छ । 


Author

थप समाचार
x