बागमती

बागमती प्रदेश सरकारले पाँच वर्षमा के-के गर्‍याे ?

इकागज |
फागुन ५, २०७९ शुक्रबार १९:१७ बजे

मकवानपुर- बागमती प्रदेश सरकारले विगत ५ वर्षको अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेको छ । 

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा पुस्तक मार्फत प्रगति विवरण सार्वजनिक गरेको हो ।


प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । प्रदेश सरकार स्थापना भएदेखि अहिलेसम्मका उपलब्धिहरू पुस्तकमा समेटिएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

प्रदेश सरकारले पाँच वर्षको अवधिमा धेरै काम गरेको र पुस्तकमा छोटकरी रूपमा समेटिएको उनले बताए । पाँच वर्षे उपलब्धका बारेमा आम नागरिकलाई जानकारी गराइदिन पनि उनले आग्रह गरे ।

२०७४ साल माघ ३ गते प्रदेशको अस्थायी राजधानी तोकिएदेखि अहिलेसम्म प्रदेश सरकारले गरेका कामका विषयमा पुस्तकमा समेटिएको छ । प्रदेशका मन्त्रालय नै पिच्छे गरिएका कामको विवरण पुस्तकमा समेटिएको प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी गराए । 


यस्ता छन् सम्पादित कार्यहरूको संक्षिप्त विवरण

- नेपाल सरकारले मिति २०७४ माघ ३ गते प्रदेश ३ को राजधानी हेटौडा तोकी प्रदेश प्रमुख नियुक्त गरेको र मिति २०७४ माघ २८ गते नेपालको संविधान बमोजिम प्रदेश प्रमुखबाट श्री डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकारको गठन भएको ।

- शून्यताबाट सुरु भएको प्रदेश सरकार स्थापनाको समयमा ७ मन्त्रालय र निकायहरू रहेकोमा हाल ११ मन्त्रालय तथा प्रदेश सरकार अन्तरगत निकाय १९८ कायम रहेका ।

- यस प्रदेश भित्र १३ जिल्ला, संघीय निर्वाचन क्षेत्र ३३, प्रादेशिक निर्वाचन क्षेत्र ६६ र तीन महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी जम्मा ११९ वटा स्थानीय तहहरू रहेका ।

- सम्वत् २०७८ को जनगणना अनुसार बागमती प्रदेशमा पुरुष ३०३३५७४ महिला ३०५०४६८ गरी कूल ६०८४०४२ जनसङ्ख्या रहेका छन् ।

- प्रदेश सरकारबाट पाँच वर्षको अवधिमा ७० वटा ऐन संशोधन समेत, अध्यादेश ११, नियमावली ३३, निर्देशिका ५, कार्यविधि ४४, मापदण्ड ७ र आदेश १२ गरी जम्मा १८६ ओटा जारी भएको ।

- प्रदेशको पहिलो पाँच वर्षे आवधिक योजना निर्माण, कार्यान्वयन र त्यसको अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको साथै प्रदेशको वस्तुस्थिति विवरण २०७५ तयार गरी तथ्याङ्क उपयोग गरिएको ।

- संघीय सरकारसंगको समन्वय र सहकार्यमा २० वटा समपूरक र विशेष अनुदानका आयोजनाहरू सञ्चालन र नवप्रवर्तन साझेदारी कोषमार्फत ११ वटा स्थानीय तहहरूमा नवप्रवर्तनात्मक परियोजनाहरू सञ्चालन गरी स्थानीय तहमा रोजगारी सिर्जना तथा आर्थिक विकासलाई प्रवर्द्धन गरिएको ।

- यस अवधिमा प्रदेश सुशासन केन्द्रमार्फत बागमती प्रदेश अन्तर्गत प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनीत तथा नियुक्त पदाधिकारी तथा कर्मचारीहरूका क्षमता विकासतर्फ हालसम्म ५,११२ जनप्रतिनिधिहरू तथा ८,१७४ जना कर्मचारीहरू गरी कूल १३,२८६ जना लाभान्वित भएका ।

- प्रदेशमा आव २०७८/०७९ सम्ममा १५५१७९ उद्योग दर्ता भएको ।

- ९ वटा जिल्लामा १० शीत भण्डार निर्माणको कार्य सम्पन्न हुने अवस्थामा रहेको जसबाट १५८०० मेट्रिक टन फलफुल तथा तरकारी भण्डारणमा सहजता हुने ।
- १०४१ सिँचाइ योजना सम्पन्न भई १३१३४८ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको र १६ वटा नदीहरूको नदी नियन्त्रणको गुरु योजना तयार गरी नदी नियन्त्रणका कार्य सुरु गरिएको ।

- २७६ वटा खानेपानी योजनाहरू सम्पन्न भई थप ४६१९६ घरधुरीहरूमा आधारभूत स्तरको खानेपानी सेवा पुगेको ।

- यस अवधिमा कच्ची सडक ७६१ किमी, ग्राभेल ७७९ किमी, कालोपत्रे ५३६ किमी, ढलान सडक १५४ किमी, सडक पुल ६९ वटा र झोलुङ्गे पुल ७ वटा सम्पन्न भएका ।

- सहरी विकास तथा भवन पूर्वाधार तर्फ ३३० भवन, ४३४ पार्क निर्माण, १९५ सरकारी कार्यालय मर्मत र २०८९ जनता आवास निर्माण सम्पन्न ।

- प्रदेशभित्र ५३८९७५ सवारी दर्ता भएका र १०४३६ जनाले व्यावसायिक तालिम प्राप्त गरेका ।

- युवा उद्यमशीलता विकास अन्तरगत २६० स्वंयसेवक परिचालन, ४३ व्यवस्थित खेल मैदान, जिल्ला स्तरीय रङ्गशाला ७, कभर्ड हल ३० वटा सम्पन्न भएको ।

- सामुदायिक वन तथा अन्य क्षेत्रमा गरी ३९६ हेक्टरमा कूल ६२२९८५ जडिबुटीको विरुवा रोपन गरिएको ।

- वागमती प्रदेशलाई ९७। २२ प्रतिशत साक्षरतासहित नेपालकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको ।

- उच्च शिक्षामा महिलाको पहुँच बढाउन स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ५६७ छोरी बुहारीलाई छात्रवृत्ति प्रदान गरिएको ।

- प्रदेशभित्र विभिन्न सूचकका आधारमा २० नमुना विद्यालय स्थापना , २२१ वटा शैक्षिक परामर्श केन्द्र सञ्चालन अनुमति ७२ विद्यालयलाई बस सेवा उपलब्ध, ३३१ माविमा इ लाइब्रेरी, १९७ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र २२१ वटा सामुदायिक क्याम्पसहरूलाई सबलीकरण गरिएको ।

- आधारभूत तहदेखि माध्यमिक तहसम्मका ३७८८ जना शिक्षकहरूलाई पेसागत विकास तालिम र ९०२५ जनालाई पुनर्ताजगी तालिम प्रदान गरिएको ।

- प्रदेशभित्रका पर्यटकीय पदमार्ग, मठमन्दिर, पार्क, पर्यटन सूचना केन्द्र, पिकनिक घर र होमस्टे गरी ११५५० स्थानको सबलीकरण र व्यवस्थापन गरिएको ।

- बागमती प्रदेशको पर्यटन ब्रान्ड नाम स्वीकृति गरी लागू गरिएको साथै जुगल हिमश्रृंखला आरोहण खुला गरी पहिलो आरोहण सम्पन्न गरिएको ।

- विद्यालय स्वास्थ्य, सरसफाइ र छात्राहरूको स्वास्थ्य प्रवर्द्धनका लागि एक विद्यालय एक नर्स कार्यक्रम हालसम्म ११९ तहका ४५९ विद्यालयमा कार्यान्वयन गरिएको ।

- मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र प्रदेशका १३ प्रादेशिक अस्पतालमा विशिष्टिकृत सेवा सञ्चालनमा ल्याइएको ।

- प्रदेश लोकसेवा आयोगबाट सार्वजनिक सेवा प्रवाहका लागि ८२५ विभिन्न पदको विज्ञापन मार्फत परीक्षा सञ्चालन गरी नियुक्तिका लागि सिफारिस भएको ।

- बागमती प्रदेशको स्थानीय मानव विकास प्रतिवेदन र दिगो विकास लक्ष्यको आधार तथा मार्गचित्र तयार गरिएको ।

- १३ जिल्लाका जीर्ण प्रहरी चौकी निर्माण गरी सुरक्षाकर्मीका लागि कार्य वातावरण उपयुक्त सिर्जना गरिएको ।

- यस अवधिमा प्रदेश सरकार र मातहतका निकायहरूलाई विपक्षी बनाई दायर भएका २०८ मुद्दामध्ये ७४ ।


Author

थप समाचार
x