बागमती

बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने

इकागज |
चैत ८, २०७९ बुधबार १५:५६ बजे

फाइल फोटो

हेटौडा - बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ ।  बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा थिए । तर, कांग्रेसले विश्वासको मत १० गते लिनु पर्ने जनाइरहेको छ । यद्यपि, मितिका बारेमा भने अझै कुनै नयाँ निर्णय भएको छैन । 



Author

थप समाचार
x