बीस वर्षे गुरुयोजना बनाउँदै उत्तरगया गाउँपालिका
काठमाडौँ- रसुवा जिल्लाको उत्तरगयाँ गाउँपालिकाले २० वर्षे रणनीतिक गुरुयोजना बनाउने भएको छ । गाउँपालिकाको समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समेटेर आगामी २० वर्षे समष्टिगत योजना निर्माण गरिन लागेको हो ।
पूर्वसचिव डा मानबहादुर विके संयोजक रहेको एउटा टोलीले साे रणनीतिक गुरुयोजनालाई सहजीकरण गर्ने छ ।
जनप्रतिनिधि, पालिकाका कर्मचारीहरू फिल्डमा गएर दुई महिनाभित्र पालिकाको सम्पूर्ण वस्तुस्थितिको सूक्ष्म विश्लेषण गरी प्रतिवेदन तयार गर्ने र आगामी ३० जेठसम्म पालिकालाई हस्तान्तरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएकाे छ ।
साेही क्रममा पूर्वतयारी स्वरूप विज्ञ, सरोकारवालाहरूलाई समेटेर चैत ७ र ८ गते दुई दिनसम्म उत्तरगया गाउँपालिकाको २० वर्षे रणनीतिक गुरुयोजना गोष्ठी समेत सम्पन्न गरेको छ । गोष्टीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा पुष्प कँडेल,बीत्त आयोगका अध्यक्ष डा बालानन्द पौडेल,पूर्व सचिव मानबहादुर विके, इञ्जिनियर कपिल आचार्य, डा लेखनाथ पौडेल लगायतका विज्ञहरूले आ-आफ्नो धारणा र सुझाव पेस गरेका थिए ।
सो कार्यक्रममा प्रतिनिधि सभाका रसुवा जिल्लाका सांसद मोहन आचार्यले पालिका अध्यक्ष माधव अर्यालले अहिलेसम्म सिकेको ज्ञान र आफ्नो चिनजानलाई प्रयोग गरी उत्तरगयालाई सम्बृद्ध पालिका बनाउन लागिपरेको बताए । यस्तै, रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले रसुवा जिल्लाकै नमुना कार्यक्रम उत्तरगया गाउँपालिकाबाट प्रारम्भ भएको र यसको अनुशरण अन्य पालिकाले पनि गर्नुपर्ने बताए ।
यस्तै माओवादी केन्द्रका नेता मेघनाथ घिमिरेले पालिकाले अगाडि सारेको २० वर्षे रणनीतिक योजनालाई आफू र आफ्नो पार्टीले खुल्ला दिलले सहयोग गर्ने तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
एमालेका नेता तथा वडा अध्यक्ष डिल्ली सुवेदीले रसुवा जिल्लाकै नमुना कार्यक्रम कागजमा मात्र सीमित नहोस् र नतुहिने खालको बनोस् भन्ने शुभेच्छा व्यक्त गरे ।
कांग्रेसका जनकजीवन उपाध्यायले देशभरकै ७५३ पालिकामध्ये उत्तरगयाले नवीन सोचका साथ कार्यक्रम अगाडि सारेकोले त्यसलाई पूरा गराउन आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
पालिका अध्यक्ष माधव अर्यालले सम्बृद्ध मुलुक निर्माण गर्नका लागि दिगो विकास लक्ष्यलाई स्थानीय स्तरमै लागू गर्ने नीति अनुरूप गुरुयोजना निर्माणमा लागेको बताए । उत्तरगया गाउँपालिकाको समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समेटेर आगामी २० वर्षे समष्टिगत योजना निर्माण हुने र यो गुरुयोजना सबै दलको साझा कार्यक्रम भएको उल्लेख गर्दै पालिकाले यसलाई सहजीकरण मात्र गरिदिएको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया