बागमती

काठमाडौं महानगरले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने

इकागज |
चैत ९, २०७९ बिहीबार १६:५२ बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले काठमाडौंमा आयोजना हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलनमा सबै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरी ४ सय ५० पालिकाबाट सहभागिता हुने महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।


स्थानीय विवाद निरूपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त भएका सफलता, भोगेका समस्या र चुनौती सम्बन्धी अनुभव सिकाइ र भोगाइ आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको उनले बताइन् । सम्मेलनको पहिलो दिन विभिन्न चार वटा मुख्य कार्यपत्रको प्रस्तुति हुने र दोश्रो दिन विवाद निरूपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने डंगालले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख डंगोलले स्थानीय विवादहरू नजिकैको सरकारी कार्यालयहरूमा मेलमिलापका माध्यमबाट समाधान गराउनका लागि काठमाडौं महानगरले आवश्यक कानुन तर्जुमा गरेर राजपत्रमा प्रकाशित गरिसकेको जानकारी दिइन् । जारी भएका कानुनी प्रबन्धको कार्यान्वयन गर्दै सबै वडामा महिला सञ्जाल गठन भइरहेको उनले बताइन् ।

न्यायिक समितिमा आउने धेरै विवादहरूमा बहाल र कोठा खाली गराउने विषयका छन् । उक्त विषयलाई व्यवस्थापन गर्न महानगरले घरबहाल व्यवस्था निर्देशिका जारी रहेको महानगरले जनाएको छ ।


Author

थप समाचार
x