बागमतीका मुख्यमन्त्रीमा जम्कट्टेलले पाए विश्वासको मत
काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।
विश्वासको मतका लागि भएको मत बिभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने बिपक्षमा १७ मत परेको थियो । त्यस्तै ७ सांसद तटस्थ रहेको वागमती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिए ।
जम्कट्टेललाई कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत दिएको थियो भने विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया