बागमती

बागमती सभ्यता जोगाउन सरकारले सहज बनाइदिनुपर्ने धारणा

सभ्यता जोगाउनसके लिपुलेक लिम्पियाधुरा पनि जोगाउन सकिन्छः बालेन

इकागज |
चैत १५, २०७९ बुधबार १३:३२ बजे

काठमाडौँ - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भएका सभ्यताहरूको जगेर्ना गर्ने कुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधवारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले केन्द्रको सरकार नटिकिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताए । 

उनले कामनपाले बागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारले यसमा सहज बनाइदिनुपर्ने बताए । उनले पहिला भएका सम्पति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने बताए । ‘केन्द्रको सरकार नटिकिदिँदा स्थानीय सरकारलाई असहज हुने गरेको छ, धेरैकुरा जोडिएको छ । बागमती सभ्यता जोगाउन खोज्दैछौँ,' उनले भने, 'यो मान्छे भन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेका थिएँ, पहिला भएका सम्पती जोगाउँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला ।’


मेयर साहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभइ पालिकापालिकामा छ भन्ने अनुभूति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए । उनले न्याय भनेको केन्द्रमा मात्रै पालिका पालिकामा छ भन्नेकुरालाई वास्तविकतामा उतार्नपर्ने बताए । न्याय माग्न ११ दिन हिँडेर काठमाडौं महानगरपालिकामा हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘साँच्चिकै सरकार भनेको सिंहदरबारमा मात्रै नभएर पालिकापालिकामा छ, न्याय भनेको केन्द्रमा मात्रै होइन, पालिका पालिकामा छ भन्नेकुरालाई आगामी दिनहरूमा वास्तवमा नै अभ्यास गर्न सकियोस्,' उनले भने, 'न्याय माग्न ११ दिन काठमाडौं महानगरपालिकामा हिँडेर आउन नपरोस् । आफ्नै पालिकामा यस्ता न्यायहरू समाधान होस् । यसका लागि तपाईहरू जिम्मेवार पनि हुनुहुन्छ । तपाईहरू प्रमुख भूमिकामा हुनुहुन्छ । सरकार छ भन्ने कुराको बोध गराउने भनेकै न्याय हो । पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राख्नुभयो भने साच्चिकै मेरै घर परिवारमा सरकार छ भन्ने अनुभुति हुन्छ ।’

मेयर साहले पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राखेर घर, परिवारमा नै सरकार छ भन्ने अनुभूति जनतालाई दिन सक्नुपर्ने बताए ।


Author

थप समाचार
x