बागमती

सरकारका कारण अर्थतन्त्र संकटमा परेको एमाले नेता ज्ञवालीको आरोप

इकागज |
चैत १७, २०७९ शुक्रबार २०:९ बजे

मकवानपुर- गठबन्धन सरकारका कारण देशको अर्थतन्त्र संकटमा परेको नेकपा एमाले नेता देवि ज्ञवालीले आरोप लगाएका छन् ।

नेकपा एमाले सम्बद्ध पेशाकर्मीहरूकाे मकवानपुर जिल्ला भेलालाई सम्बाेधन गर्दै नेकपा एमालेका केन्द्रीय पाेलिटब्युराे सदस्य ज्ञवालीले सरकार गठन नै षडयन्त्रकाे जगमा भएकाले वर्तमान सरकारप्रति देशभित्र र बाहिर विश्वास नभएकाे नेता ज्ञवालीले दाबी गरे ।


पार्टीले देशव्यापी रूपमा संगठन सुदृढीकरणका लागि मिसन ग्रासरूट सञ्चालन गरेकाे र अभियान पश्चात् पार्टी र जनसंगठनका सबै कमिटी चुस्त हुने, सदस्य नवीकरण र विस्तार हुने उनकाे भनाइ थियाे ।

पेशागत इलाका कमिटी, पेशागत महासंघ र नेपाल बुद्धिजीवि परिषद्, मकवानपुरकाे आयाेजनामा भएकाे भेलामा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, नेपाल बुद्धिजीवि परिषद्का जिल्ला अध्यक्ष माेहन शर्माले मन्तव्य राखेकाे पेशागत महासंघका अध्यक्ष श्रीराम दाहालले बताए ।

पेशागत इलाका कमिटीका अध्यक्ष उद्धव भट्टराईकाे अध्यक्षतामा भएकाे भेलामा पार्टी प्रदेश कमिटी सदस्यहरू सम्राट तुम्बाहाम्फे, भाेजराज ढकाल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश इञ्चार्ज विष्णु अर्याल, संगठनका प्रदेश अध्यक्ष बरूण शाहलगायतकाे उपस्थिति रहेकाे थियाे ।


Author

थप समाचार
x