बागमती

बागमती प्रदेशको सय दिन उपलब्धि सार्वजनिक, यस्ता छन् उपलब्धि

इकागज |
बैशाख ५, २०८० मंगलबार २०:४७ बजे

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आफ्ना एक सय दिनको उपलब्धिहरू सार्वजनिक गरेका छन्  । आज पत्रकार सम्मेलन गर्दै उनले नेतृत्व गरेको सरकारको सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् 

प्रदेश सरकारले सय दिनमा गरेका उपलब्धिहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले पढेर सुनाएका थिए । प्रदेश सरकारले सय दिनको अवधिमा शिक्षा, सामाजिक, युवा र खेलकुदका क्षेत्र, स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, पूर्वाधार विकासका क्षेत्र, रोजगार तथा यातायात क्षेत्र, पर्यटन, उद्योग तथा सहकारी क्षेत्र, वन तथा वातावरणका क्षेत्र, आन्तरिक मामिला तथा कानुन र विपद्का क्षेत्र, सार्वजनिक प्रशासन एवं कर्मचारी व्यवस्थापनका क्षेत्रमा गरिएका कामको विवरण प्रस्तुत गरे।


मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री जम्मकट्टेलले अब छिट्टै प्रदेश सरकारले पूर्णता पाउने बताए । मन्त्रालयको संख्या कुनै पनि हालतमा वृद्धि नहुने र अहिले भइरहेका मन्त्रालयमा मन्त्री नियुक्त गरिने बताए ।

विस्तृत विवरण यस्तो छ :

 


Author

थप समाचार
x