बागमती

काठमाडौँ महानगरले आजदेखि अव्यवस्थित तार हटाउने

इकागज |
बैशाख २५, २०८० सोमवार ६:५३ बजे

काठमाडौँ- आजदेखि काठमाडौँ महानगरपालिकाभित्रका क्षेत्रका अव्यवस्थित तार काटने कार्यको सुरु गरिँदैछ । 

महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो । 


आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिन लागिएको हो । 

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।


Author

थप समाचार
x