बागमती

यसरी हटाइयो न्युरोड र माइतीघरमा अव्यवस्थित तार (फोटो फिचर)

इकागज |
बैशाख २५, २०८० सोमबार १०:३ बजे

काठमाडौँ- आजदेखि काठमाडौँ महानगरपालिकाभित्रका क्षेत्रमा अव्यवस्थित तार काटने कार्यको सुरु गरेको छ ।


महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका लागि महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।

गत आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका  प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेअनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजबाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।


Author

थप समाचार
x