बागमती

बागमती प्रदेशकाे बजेट घटाउन सर्वदलीय संयन्त्रको सुझाव

इकागज |
बैशाख २५, २०८० सोमवार २०:१७ बजे

मकवानपुर- आर्थिक मन्दी बढिरहेकाे बेलामा यसै अनुसार अघि बढ्ने भन्दै बागमती प्रदेशको बजेटको आकार घटाउन सुझाव दिएका छन् । आज बसेको सर्वदीय संयन्त्रको बैठकमा सहभागीहरूले यस्तो सुझाव दिएका हुन् । आथिक वर्ष २०८०/८१ का लागि बजेटको आकार कस्तो रहने भन्नेबारे छलफल भएको थियो ।

आगामी आर्थिक वर्षमा घटाउन राय संकलन भएको प्रदेश सरकारका अर्थमन्त्री मन्त्री बहादुरसिंह लामाले बताए । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ७० करोड ९३ लाखको बजेट ल्याएको थियो ।


बागमती प्रदेश सभाहलमा बसेको सर्वदलीय बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको विषयमा छलफल गरेको थियो । सर्वदलीय बैठकले प्रदेशमा आवश्यक नीति तथा कार्यक्रमको विषयमा छलफल गरेको प्रदेशका अर्थमन्त्री लामाले बताए ।

बजेट कुन क्षेत्रमा कसरी प्राथमिकता दिँदा प्रभावकारी हुन्छ भन्ने विषयमा छलफल भएको मन्त्री लामाले बताए । 'प्रदेश सरकारलाई कसरी प्रभावकारी नीति तथा कार्यक्रम बनाउने भन्ने विषयमा छलफल भयो, राम्रै सुझाव आएको छ,' उनले भने ।

बजेटमा के विषयलाई फोकस गर्ने, कस्तो प्रकारको कार्यक्रमलाई प्राथमिकता दिने, दिगो विकास लक्ष्यका अवधारणालाई ख्याल गरेर कसरी बजेट बनाउने भन्ने विषयमा छलफल गरिएको उनकाे भनाइ छ ।

शैक्षिक अवस्थामा सुधार ल्याउने, कृषिलाई प्रवर्द्धन गर्ने, भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने गरी बजेट ल्याउने बारे छलफल भएको उनले बताए ।


Author

थप समाचार
x