बागमती

काठमाडौँ महानगरमा एम्बुलेन्स सेवा निशुल्क

इकागज |
बैशाख ३०, २०८० शनिबार ११:२१ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरेको छ । आज सामाजिक सञ्जालमा लेख्दै महानगरका मेयर बालेन शाहले १०२ मा कल गरेर काठमाडौँ भरिका लागि निशुल्क एम्बुलेन्स सेवा उपभोग गर्नसक्ने बताएका छन् । सो एम्बुलेन्स सेवा २४ सै घण्टा लिनसक्ने पनि उनले बताए ।

उनले लेखेका छन्, 'काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन । '



Author

थप समाचार
x