बागमती

राजनीतिमा प्रतिस्पर्धा र विकास एकता गरौं : मेयर थापा

इकागज |
जेठ २०, २०८० शनिबार १७:५८ बजे

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले राजनीतिमा प्रतिस्पर्धा र विकास एकता गर्न आग्रह गरेका छन् । मानवीय आस्था नेपालद्धारा आयोजित सूर्यविनायक नगरपालिकाको सहयोगमा भएको महिला उत्प्रेरणात्मक तथा अभिमुखीकरण समापन कार्यक्रममा मेयर थापाले विपक्षी दलहरुलाई यस्तो आग्रह गरेका हुन् । 

उनले नगरपालिकामा सहयोग माग्न आउने संस्थाहरू धेरै भएको चर्चा गर्दै विल मिलाएर पैसा खान खोज्ने संस्थाहरूलाई सहयोग गर्न नसकिने बताए । मेयर थापाले मानवीय आस्था जस्ता काम गर्ने संस्थालाई भने रकम दिने घोषणा गरे । 


मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जित, महासचिव एवं कार्यक्रम संयोजक उतरा नेपाललगायतले मानवीय आस्था नेपालले भूकम्पलगायतका विविध समस्यामा परेका नगरवासीहरुलाई सहयोग गर्दै आएको चर्चा गरे । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष तथा संस्थाले दिएको तालिम कार्यक्रमका प्रशिक्षकलाई पनि प्रशंसा पत्र प्रदान गरेको थियो । 


Author

थप समाचार
x