बागमती

हेटाैंडाकाे विकासका लागि मुख्यमन्त्रीलाई कांग्रेसकाे सुझाव

इकागज |
जेठ २३, २०८० मंगलबार १६:२८ बजे

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सचिव  भीमसेन महतले हेटौंडा उपमहानगरपालिकाको ​विकासका लागि  वागमती प्रदेश सरकार समक्ष सुझाव पेश गरेका छन् ।

हेटौंडालाई समृद्ध बनाउने उद्देश्यका साथ सचिव महतले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विभिन्न योजनाहरु समेटिएको सुझावपत्र पेश गरेका छन् ।


उनले पर्यटन, धार्मिक, जलचर संरक्षण, विभिन्न जंगली जनावरका फार्महरुका बारेमा, फलफूलको शहर, रमणीय क्षेत्रलगायतका ४० वटा योजनाहरु सुझावका रुपमा जानकारी गराएका छन् ।

सचिव महतले आगामी आर्थिक वर्ष २०८०/०८१ वार्षिक बजेटमा यस विषयलाई समावेश गर्न आग्रह गरे । ‘यस योजनाले हेटौंडाको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ, पर्यटकीय क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार विकास गरेको खण्डमा पक्कै पनि छिमेकी राष्ट्र भारतबाट यहाँ पर्यटक भित्रनेछन' उनले भने ।

सुझाव पत्र बुझ्दै प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको राजधानी मकवानपुरलाई विशेष रुपमा विकास गर्न बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

‘हेटौंडाको पर्यटन क्षेत्रमा लागनी गर्न प्रदेश सरकार तयारै रहेको छ, यसका लागि आवश्यक अध्ययन हुन जरुरी छ’ सुझाव पत्रमा भनिएको छ । सुझाव पत्र ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले पर्यटन क्षेत्रका लागि आवश्यक पूर्वाधार देखिने गरी विकास गर्ने प्रतिबद्धता जनाए ।


Author

थप समाचार
x