बागमती

बागमती प्रदेश प्रहरीमा ४ हजार ५४ वटा मुद्दा दर्ता

इकागज |
जेठ २४, २०८० बुधवार १६:९ बजे

फाइल फोटो

मकवानपुर - बागमती प्रदेश प्रहरी कार्यालयले अपराध तर्फ ४ हजार ५४ वटा मुद्दा दर्ता गरेका छ । अपराध सम्बन्धी मुद्दा अन्तरगत सबै भन्दा बढी आत्महत्यामा ७ सय ९४ मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै चालू वर्षको प्रगति विवरण सार्वजनिकमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।


कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक एंव प्रवक्ता दीपक रेग्मीले प्रगति विवरण सार्वजनिक गर्दै लागूऔषधमा ३ सय २२, चोरीमा २ सय ५९, जबरजस्ती करणीमा २ सय २४, सवारी ज्यानमा २ सय ८ मुद्दा दर्ता भएको जानकारी दिए । रेग्मीका अनुसार ज्यान मार्ने उद्योगमा ६३, जबरजस्ती करणी उद्योगमा ५९, ठगी ५७, कर्तव्यज्यान अन्तर्गत ३६, जुवातासमा ३३ र अन्य शीर्षकमा एक हजार ९ सय ३४ मुद्दा दर्ता भएको हो ।

प्रगति विवरण सार्वजनिक कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडाको डिआइजी किरण राणाले प्रहरीको सुरक्षामा सुधार ल्याउन आफूले नयाँ कन्सेप्ट लिएर जिल्लामा स्मार्ट कन्ट्रोल रुम निर्माणमा लागिपरेको जानकारी दिइन् ।

स्मार्ट कन्ट्रोल रुम चालु आवमा नै निर्माण सम्पन्न गरी सुचारु गर्ने तयारीमा रहेको उनले बताइन् । सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले अपराध नियन्त्रणमा कुनैपनि कसर बाँकी नराख्ने बताइन् ।

कार्यालय आन्तरिक शुद्धीकरण देखि अपराध नियन्त्रणको अभियानमा रहेको बताउँदै राणाले भनिन् ‘लागूऔषध नियन्त्रण, प्रदेशभित्रका फरार अपराधी पक्राउमा तीव्रता, सबै किसिमको तस्करी नियन्त्रण, अवैध प्राकृतिक स्रोतसाधनको दोहनलाई पूर्ण रुपमा निषेध, प्रहरी जनशक्ति सुदृढिकरण एंव शुन्यसहनशीलाको नीति अवलम्बन गर्ने लगायतका योजना रहेको छ ।’

संगठनमा कतिपय व्यक्तिहरुबाट गल्ती हुने गरेकोमा संगठन शुद्धीकरण गरेर जाने जानुपर्छ डिआइजी राणाले भनिन् – मकवानपुरमा गाँजाको खेती तथा ओसारपसार अत्यधिक मात्रामा हुने गरेकोले त्यसको व्यवस्थापनमा लागिपरेका छौं ।’आफूले गाँजा न्युनीकरणका लागि आन्तरिक मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीसँग छलफल गरेको र व्यवस्थापन गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत उनले जनाइन् ।

प्रदेश प्रहरी कार्यालयले उपत्यका बाहेक प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।


Author

थप समाचार
x