बागमती

एनटीसीको टावरमा लागेको आगोले गोठ जल्यो

इकागज |
जेठ २५, २०८० बिहिवार १०:५२ बजे

सांकेतिक तस्बिर

मकवानपुर- हेटौंडा उपमहानगरपालिका-१९ झ्याम्रुस्थित नेपाल टेलिकमको टावरबाट सल्किएको आगोले स्थानीयको गोठ समेत जलेर क्षति पुगेको छ । नेपाल टेलिकमको टावर मुनी राखिएको ब्याकपबाट सल्किएको आगोले स्थानीय धर्मराज मोक्तानको गाईगोठमा क्षति पुगेको मकवानपुर प्रहरी जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार आगलागीबाट मोक्तानको गोठमा रहेका १० वटा बाख्रा, ५ वटा बोका, अन्नपात, लत्ताकपडा, फर्निचर र नगद १ लाख ५० हजार गरी करीब ८ लाख ६१ हजार बराबरको क्षती भएको छ ।


नेपाल टेलिकमको ब्याकप वाईरिङ मेशिनको मुल्य एकिन नभएको तथा घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x