चिकित्सकमाथिकाे आक्रमणविरुद्ध हेटाैंडामा विराेध
मकवानपुर । देशको विभिन्न जिल्लामा चिकित्सकहरूमाथि भइरहेको आक्रमणको विरुद्ध आज मकवानपुरको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा विरोध जनाईएको छ ।
नेपाल चिकित्सक संघ मकवानपुर अध्यक्ष डा. हरि खड्काको नेतृत्वमा करिब ४० जनाले चिकित्सकहरूले हेटौंडा १ स्थित हेटौंडा अस्पतालको प्राङ्गणमा उभिएर सांकेतिक रूपमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।
भदाै अन्तिम साता हेटौंडाको सन्चो हस्पिटलका २ जना चिकित्सकहरू पिटिएपछि अहिले लगातार विभिन्न जिल्लामा स्वास्थ्यकर्मीहरू दुर्व्यवहार खेपिरहेको सरकारले सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्ने डा खड्काले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया