तामाङ र नेवारी अब बागमती प्रदेशको सरकारी कामकाजीको भाषा
मकवानपुर- बागमती प्रदेशमा नेवारी (नेपाल भाषा) तथा तामाङ भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाएको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकले नेपालीसहित नेवारी (नेपाल भाषा) र तामाङ भाषाले सरकारी कामकाजीको भाषा मान्यता पाउने गरी विधेयक पारित गरेकाे हाे ।
यो प्रदेशमा तामाङ र नेवार समुदायको बाक्लो बसोबास रहेको छ, जसअनुसार बागमती प्रदेश सरकारले सो दुई भाषालाई सरकारी कामकाज बनााउनका लागि ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रस्तुत गरेको थियो, जसलाई हिजो पारित गरे सँगै अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल भाषा र तामाङ भाषाले पनि मान्यता पाएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया