बागमती

बागमती प्रदेशका पत्रकारलाई कोभिडविरुद्धको पहिलो डोज खोप लगाइदिनू

इकागज |
जेठ २६, २०७८ बुधबार १६:४८ बजे

काठमाडौँ : बागमती प्रदशेमा कार्यरत पत्रकारलाई कोभिडविरुद्धको पहिलो डोज खोप लगाउन छुटेकालाई खोपको व्यवस्था गरिदिन काठमाडौँ स्वास्थ्य कार्यालयलाई बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले जेठ २४ गते काटेको पत्र प्राप्‍त भएकाले बागमती प्रदेशभित्र कार्यरत सञ्चारकर्मीलाई खोप लगाइदिने व्यवस्था मिलाइदिन मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम सेढाइले बताएका छन् ।


'अग्रपंतिमा रहेर काम गरिरहेका धेरै सञ्चारकर्मीहरूले कोभिड विरुद्धको खोप लगाउन छुटेको गुनासो आएकाले खोप लगाउने व्यवस्था मिलाइदिनु आग्रह गर्दछु,' उनले भने ।


Author

थप समाचार
x