बागमती

बाढीले हेलम्बुमा ७ जनाको मृत्यु

इकागज |
असार २, २०७८ बुधबार ८:२६ बजे

सांकेतिक तस्बिर

काठमाडौँ : सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले ७ जनाको मृत्यु भएको छ । निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको हो ।

'हेलम्बुमा हालसम्म ७ जनाको मृत्यु भएको छ' प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले इकागजसँग भने 'उहाँहरूको सनाखत हुन सकेको छैन ।' हेलम्बुमा घर, टहरा, फार्म, पुललगायत संरचना बाढीले बगाएको उनले बताए । हेलम्बुमा पानीको बहाब बढेकाले जान सकिएको नसकिएको उनले बताए ।


त्यस्तै बाढीले मेलम्ची बजारमा हालसम्म मानविय क्षति भने नभएको पोखरेलले बताए ।

र, यो पनि


Author

थप समाचार
x