बागमती

वर्षायाममा भक्तपुरका सडक खन्‍न नपाइने

इकागज |
असार ४, २०७८ शुक्रवार १७:३५ बजे

भक्तपुर : वर्षातको मौसममा बाटो खन्ने प्रवृति बढ्दो छ । भक्तपुर नगरपालिकाले भने वर्षातको मौसममा केही महिना बाटो खन्ने स्वीकृति नदिने सूचना जारी गरेको हो । 

भक्तपुर नगरपालिकाको कार्यालय व्यासी-२ बाट शुक्रबार जारी भएको सूचनामा भनिएको छ,‘अघिल्ला वर्षहरूमा पनि केही समयको लागि बाटो खन्ने काममा रोक्का गर्दै आएका थियौँ, यस वर्ष पनि भदौ मसान्तसम्म बाटो खन्ने स्वीकृति रोक्का गरिएको छ ।’  



 


Author

थप समाचार
x