बागमती

बाढी प्रभावितलाई मध्यपुर थिमि नगरपालिकाले २२ लाख २२ हजार रूपैयाँ सहयाेग गर्ने

इकागज |
असार ४, २०७८ शुक्रवार १७:५० बजे

भक्तपुर : सिन्धुपाल्चाेककाे मेलम्चीमा बाढी प्रभावितलाई मध्यपुर थिमि नगरपालिकाले २२ लाख २२ हजार रूपैयाँ सहयाेग गर्ने भएकाे छ । थिमि नगरपालिकाकाे शुक्रबार बसेकाे कार्यपालिकाकाे बैठकले साे निर्णय गरेकाे नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जनाए ।

उनका अनुसार बैठकले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका दुबैलाई ११ लाख ११ हजार १ सय ११ रूपैयाँ गरी जम्मा २२ लाख २२ हजार २ सय २२ रूपैयाँ सहयोग गर्ने निर्णय भएकाे हाे । 



Author

थप समाचार
x