बागमती

न्याय सम्पादनमा ढिलाई : २९६ मुद्दा फैसलाको प्रतिक्षामा

इकागज |
असार ४, २०७८ २०:५९ बजे

दोलखा : समयमै न्याय सम्पादन हुन नसक्दा जिल्ला अदालत दोलखामा मुद्दाको चाङ लागेको छ । अहिले २९६ मुद्दा फैसला हुन बाँकी छन् । 

बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि नै नयाँ मुद्दा दर्ता नगरेपनि चालू आर्थिक वर्षमा दर्ता भएका ५८६ मुद्दामध्ये २९० वटा मात्रै फैसला भएका छन् । गत चैतदेखि प्रहरीले ल्याएका अभियोग पत्र मात्र दर्ता हुने गरेको जिल्ला अदालतका नायब सुब्बा कृष्ण प्रसाद पौड्यालले बताए । उनले निषेधाज्ञा अवधिमा सजाय निर्धारण गर्ने ५ वटा मुद्दा, पक्राउ, स्वीकृती तथा अनुमति, कल डिटेल माग र म्याद थपको मात्र सुनुवाई भएको जानकारी दिए । 


ADVERTISEMENT

नेपाल वार एशोसिएशन दोलखाका पूर्वअध्यक्ष कृष्णबहादुर बस्नेतले प्रमाण बुझ्न बाँकी भएका कारण मुद्दा फैसला हुन ढिलाई भएको हुन सक्ने बताए । 'सम्बन्ध बिच्छेदका मुद्दा जिल्ला अदालत दोलखामा धेरै दर्ता छन', उनले भने,'ती मुद्दाहरु दर्ता भएको एक वर्ष नपुगी फैसला नहुने हुँदा ढिलाई भएको देखिएको मात्र हो ।' 



Author

थप समाचार