बागमती

मेलम्चीमा रातिदेखि निरन्तर वर्षा, तीन तले घर ढल्‍यो

इकागज |
असार १२, २०७८ शनिबार ८:३८ बजे

तस्बिर : देवराज सुवेदी

काठमाडौँ : सिन्धुपाल्‍चोकको मेलम्ची खोलामा पानीको वहाब बढेको छ । गएरातिदेखि पानी परेकाले खोलामा पानीको वहाब बढेको हो ।

मेलम्ची-११ का गोपाल दुलालको आज तीन तले घर ढलेको छ । असार १ गतेको बाढीपछि घर ढल्‍ने अवस्थामा थियो । गएरातिदेखिको पानी परेपछि उक्त घर आज बिहान ढलेको हो ।


असार १ गतेपछि परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ । त्यस्तै बाढीले चार सय परिवार विस्थापित भएका छन् ।


Author

थप समाचार
x