बागमती

मनकारी नम्रता : जन्मदिनमा व्यक्तिगत र समूहबाट २१ लाख सहयोग

इकागज |
साउन ७, २०७८ बिहीबार ८:५७ बजे

काभ्रे- परिसरमा रहेको व्यक्तिगत जग्गाहरू काभ्रेको पाँचखाल नगरपालिका नगरप्रमुख महेश खरेलका धर्मपत्नी नम्रता काफ्ले खरेलले पलाञ्चोक भगवती मन्दिर परिसरमा रहेको ब्यक्तिगत जग्गाहरू भगवती मन्दिरको नाममा पार्किङको लागि खरिदका लागि लाखौँ रुपैयाँ सहयोग गरेकी छन् । उनले आफ्नो व्यक्तिगत तीन लाख र आफ्नो व्यापारिक समूहबाट १८ लाख गरि २१ लाख रुपैयाँ जग्गा खरिदको लागि सहयोग गरेकी हुन् ।

आफ्नो जन्म दिनको अवसरमा काफ्लेले नगर प्रमुख महेश खरेलको उपस्थितिमा हरिशयनी एकादशीको दिन पलाञ्चोक मन्दिर परिसरमा पाँचखाल वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठलाई २१ लाख रुपैया हस्तान्तरण गरिन । पलाञ्चोक भगवती मन्दिर परिसरमा रहेका व्यक्तिका नाममा रहेका ८१ आना जग्गामध्ये पाँचखाल नगरपालिकाले ९ आनासहित ३० आना जग्गा खरिद भै सकेको नगरप्रमुख महेश खरेलले जानकारी दिए । बाँकी रहेको ५१ आना जग्गा पनि बैना भइसकेको खरेलको भनाई छ । हालसम्म व्यक्तिगत रुपमा नम्रता काफ्ले र उनको समूहले सबैभन्दा बढि २१ लाख, दिलबहादुर श्रेष्ठले ३ लाख, रामहरी श्रेष्ठले ३ लाख ३५ हजार, रामबहादुर श्रेष्ठले ३ लाख ५१ हजार, श्यामलाल श्रेष्ठले ३ लाख ३ हजार, दिपककुमार खड्काले ३ लाख रकम सहयोग गरेको पाँचखाल वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । 


पलाञ्चोक मन्दिर परिसरमा रहेको जग्गा खरिदको लागि नगर प्रमुख खरेलको अगुवाइ र पाँचखाल ९ का वडाध्यक्ष किरण श्रेष्ठको समन्वयमा आना क्लब सुरु गरिएको छ । एक आनाको तीन लाख रूपैयाँ तोकिएको आना क्लबमा आम सर्वसाधारणले सहयोग गर्न सक्नेछन् । सहयोग गर्न चाहेमा कृषि विकास बैंक पाँचखाल खाता नम्बर ०२१२७०१८०८०६६०१५ र नेपाल बैंक खाता नम्बर १२४००१०६९८६६०५०००००१ मा सहयोग गर्न सकिने नगरप्रमुख खरेलले जानकारी दिए ।


Author

थप समाचार
x