बागमती

मुख्‍यमन्‍त्री शाक्‍यले आज मन्‍त्रिपरिषद् विस्तार गर्दै

इकागज |
भदौ २३, २०७८ बुधबार १०:३५ बजे

फाइल तस्‍बिर

हेटौंडा - बागमती प्रदेशमा मन्त्रिपरिष्द विस्तार हुने भएको छ । आज मुख्यमन्‍त्री अकष्‍टलक्ष्मी शाक्‍यले ५ मन्त्री र ४ जना राज्यमन्त्रीलाई नियुक्त गर्ने तयारी गरेकी हुन् । उनीहरूलाई आजै सपथ खुवाउने तयारी भएको नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

मंगलबार नेकपा एमालेमा बस्ने सांसहरूको टुंगो लागेसँगै आज प्रदेशको मन्त्रिपरिष्द विस्तार हुने भएको हो । बागमती प्रदेशमा अहिले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र आन्तरिक मामिला तथा कानुन, भौतिक मन्त्री केशवराज पाण्डे मात्र छन् । यसअघिका सामाजिक विकास मन्त्री कृष्ण खनालले नेकपा एकीकृत समाजवादी रोजेसँगै राजीनामा दिएका थिए ।



Author

थप समाचार
x