बागमती

अवरुद्ध मुग्लिन-नौबिसे सडक दुईतर्फी सञ्चालन

इकागज |
भदौ ३०, २०७८ बुधबार ९:५ बजे

मुग्लिन- पहिरोका कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २:०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकै  सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक  सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 



Author

थप समाचार
x