बागमती

मकवानपुरको २ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

इकागज |
असोज १०, २०७८ आइतवार ७:२० बजे

हेटौंडा : मकवानपुरमा शनिबार नेपाली कांग्रेसको गाउँ-नगरपालिका अधिवेशसन सम्पन्‍न भएको छ । अधिवेशनले मकवापनुरको १० वटै स्थानीय तहमा नयाँ  पदाधिकारी  निर्वाचित गरेको छ । मकवानपुरको बकैया गाउँपालिका र इन्द्रसरोबर गाउँपालिकामा सर्बसम्म्त नेतृत्व चयन भएको थियो भने बाँकी ८ स्थानीय तहमा मतदान भएको छ । 

नेपाली कांग्रेस हेटौंडा उपमहानगरको सभापतिमा उत्बस इटेनी, थाहा नगरको सभापतिमा प्रमोदकृष्ण जोशी, मनहरी गाउँपालिका सभापतिमा प्रकाश बर्तौला, मकवानपुरगढी सभापतिमा राजबीर मोक्तान, भीमफेदी सभापतिमा संजीव श्रेष्ठ, बकैया सभापतिमा दिलबहादुर भोम्जन, इन्द्रसरोबर सभापतिमा विश्व लामा, राक्सिराङ सभापतिमा विरेन्द्र जिम्बा, बागमतीको सभापतिमा फडिन्द्र तिमल्सिना र कैलाश गाउँपालिका सभापतिमा राजेन्द्र घिसिङ निर्वाचित भएका छ्न् ।



Author

थप समाचार
x