बागमती

कोभिडबाट वडाध्यक्षको निधन

इकागज |
कात्तिक ७, २०७८ आइतवार ११:४ बजे

नुवाकोट- नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । कोभिड सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आज (आइतबार) बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए । 

गत असार दोस्रो साता सङ्क्रमणपश्चात अवस्था गम्भीर भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो । अधिकारी कोभिडमुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएपछि अस्पतलामा उपचारत थिए । 


नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका उनी यसअघि साविक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्षमा निर्वाचित थिए । रासस


Author

थप समाचार
x