बागमती

पूर्व मन्त्री दुलालको संयोजकत्वमा बागमतीमा पनि सरकारलाई सहयोग गर्न कार्यदल

इकागज |
कात्तिक २४, २०७८ बुधबार १३:५० बजे

हेटौंडाः बागमती प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन तथा सरकारलाई सहयोग गर्न कार्यदल गठन भएको छ । प्रदेशको पूर्व मन्त्री एवं सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदल सदस्यमा गठबन्धनको नेपाली कांग्रेसबाट राधा घले, प्रभात तामाङ छन् । एकीकृत समाजवादीबाट माधव पौडेल र मिना ज्ञवाली छिन् भने माओवादीबाट बुद्धिमान माझी छन् ।


बागमती प्रदेशमा गठबन्धनको सरकार बनेसँगै मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वको सरकारलाई सरकारसंचालन गर्न आवश्यक सुझाव दिने, सरकारले गरेका काम प्रभावकारी बनाउने, समन्वय र सहजीकरण गर्ने उद्देश्यसहित कार्यदल गठन गरिएको माओवादी बागमती प्रदेशको प्रमुख सचेतक बुद्धिमान माझीले जानकारी दिए । कार्यदलको पहिलो बैठक मंगलबार बसेको थियो ।


Author

थप समाचार
x