बागमती

सुरुङमार्ग निर्माण र विद्युतीय सवारी खरिद प्रक्रिया रोक्ने निर्णय राष्ट्रघातीः डोरमणि पौडेल

इकागज |
कात्तिक २९, २०७८ सोमबार १७:५१ बजे

हेटौंडा- बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले विकास विरोधी निर्णयले देशलाई माया गर्ने नेपाली नागरिकहरुलाई प्रहार गरेको बताएका छन् ।

बागमती प्रदेशको गठबन्धनको सरकारले सुरुङमार्ग निर्माण कार्य र विद्युतीय बस खरिद प्रक्रिया रोक्न निर्देशन दिएको खबरले अत्यन्तै मर्माहित र आक्रान्त बनाएको भन्दै पूर्व मुख्यमन्त्री पौडेलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।  


सुरुङमार्ग निर्माण पश्चात नागरिकको स्याबासी एमाले सरकारले पाउने र देश एमालेमय बन्‍न्ने त्रास तथा विदेशी व्यापारीबाट आउने कमिसनको आस मिसिएको राष्ट्रविरोधी निर्णयको तीव्र र सशक्त विरोध जनाउन नागरिकसँग पौडेलले अपिल गरेका छन् । 

‘प्रदेशको गौरवको आयोजना सुरुङमार्ग, विद्युतीय बस खरिद प्रक्रिया रोक्नु राजनीतिक बेइमानी मात्र नभएर राष्ट्रप्रतिको गद्दार पनि हो । देशको राजधानी जोड्ने हरेक मार्गहरु घुमाउरा बनाउनुपर्ने, सिधा र द्रुतमार्गहरु बनाउनै नहुने स्वार्थ बोकेको विदेशी व्यापारीहरुको दास बनेर देशलाई गरीब बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित यस्ता राष्ट्रघाती निर्णय सच्याउन र अघिल्लो सरकारले सुरु गरेको दीर्घकालीन रुपमा देशलाई फाइदा हुने कामहरु प्राथमिकतासहित सम्पन्न गर्न जोडदार माग गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।


Author

थप समाचार
x