बागमती

कांग्रेस महाधिवेशन :

काठमाडौँ-३ र ४ को मतपरिणाम सार्वजनिक : चालिसे र संगत विजयी

इकागज |
मंसिर ८, २०७८ बुधबार १०:२३ बजे

काठमाडौँ- नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन् । आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहेका चालिसे २०५ मत प्राप्त गरी विजयी भएका हुन् । 

क्षेत्र नं ३ का निर्वाचन अधिकृत सन्तोष पण्डितका अनुसार चालिसेका निकटतम् प्रतिद्वन्द्वी काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले १५९ मत प्राप्त गरे । क्षेत्रीय सचिवमा चालिसे समूहकै दीपक रिसाल र भुवन लामा निर्वाचित भएका छन् । सहसचिवमा पनि सोही समूहका अमृत खड्का र सृदीप पण्डित क्षेत्री विजयी भएका छन् । सदस्यमा मिश्रित परिणाम आएको छ ।


यसैगरी महाधिवेशन प्रतिनिधि खुलातर्फ कुमारराज सुवेदी, कृष्णजी खड्का, छिरिङदोर्जे लामा, जगन्नाथ धिमाल, डोजाङ शेर्पा, दुर्गा बराल, नारायणबहादुर सुवेदी, परशुराम पोखरेल, रमेश अर्याल र हरिबोल भण्डारी निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधि महिला खुलातर्फ कमला नेपाली, गीता सिम्खडा, विष्णुदेवी पुडासैनी र शान्ति नेपाल निर्वाचित भएका हुन् ।

यस्तै खसआर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जयराज भण्डारी र रामराज थापा, खसआर्य महिला महाधिवेशन प्रतिनिधिमा रेखा अर्याल र लेखकुमारी पुडासैनी, जनजाति महाधिवेशन प्रतिनिधमा डम्बरबहादुर तामाङ, देवसुन्दर बज्राचार्य र लालबहादुर लामा, जनजाति महिलातर्फ झुमा लामा र सत्यभामा श्रेष्ठ विजयी भएका छन् ।

दलिततर्फ महाधिवेशन प्रतिनिधिमा विक्रम सुनार र अपाङ्ग एवं अल्पसङ्ख्यकतर्फ महाधिवेशन प्रतिनिधिमा अनिलध्वज कार्की निर्वाचित भएको निर्वाचन अधिकृत पण्डितले जानकारी दिए । 

त्यसैगरी काठमाडौँ क्षेत्र नं ४ को सभापतिमा श्यामकृष्ण संगत सर्वसम्मत चुनिएका छन् । उक्त क्षेत्र कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाको क्षेत्र हो ।

सभापतिबाहेक अन्य पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि भने मतगणना भइरहेको निर्वाचन अधिकृत कृष्णनाथ शर्माले राससलाई जानकारी दिए । सो क्षेत्रमा कुल ३०७ मतदाता छन् । रासस


Author

थप समाचार
x