बागमती

कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

इकागज |
मंसिर १४, २०७८ मंगलबार ७:४७ बजे

काठमाडौँ- नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले साेमबार सूचना जारी गर्दै जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिए । 

यसअघि मंसिर १३ र १४ का लागि जिल्ला अधिवेशन तोकिएको थियो । निर्वाचन समितिले क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिको मतपरिणाम ढिला आउनु, प्रदेश अधिवेशन १६ र १७ का लागि तोकिएको कारण जिल्ला र प्रदेश अधिवेशन जुध्ने भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको जनाएको छ । 


प्रदेश अधिवेशनपश्चात जिल्ला नेतृत्व, केन्द्रीय निर्वाचन समितिसँग छलफल गरि निर्वाचन तालिका जतिसक्दो चाँडो सार्वजनिक गर्ने पनि निर्वाचन अधिकृत महतले बताए ।

यसअघि म‌ंसिर २ गते  जिल्ला नेतृत्व र पार्टीकाे जिल्ला निर्वाचन समिति बसेर वडा, पालिका, क्षेत्रीय र जिल्ला अधिवेशन गर्ने  मिति तय गरेकाे  थियाे । साेही अनुसार वडा, पालिका र क्षेत्रीय अधिवेशन सकिसकेकाे छ । 


Author

थप समाचार
x