बागमती

शनिबारदेखि काठमाडौंमा ६ दिन बिराएर खानेपानी,  यस्तो छ हिउँदे तालिका

इकागज |
पुस ११, २०७७ शनिवार ७:५१ बजे

काठमाडौं : सरकारी स्वामित्वको कम्पनी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले शनिबारदेखि ६ दिन बिराएर खानेपानी वितरण गर्ने भएको छ । महांकालचौर पानी पोखरीबाट पानीको उत्पादन कम भएपछि पुस महिनाभर नयाँ तालिका अनुसार पानी वितरण गर्ने भएको हो । 

शुक्रबारसम्म महांकालचौरबाट ५ दिन बिराएर खानेपानी विरतण भइरहेको छ । सुख्खायाममा पानीको उत्पादन कम भएकाले ६ दनि बिराएर खानेपानी वितरण गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । महांकाल चौरबाट महांकाल, बानेश्वर, महाराजगञ्ज, क्षेत्रपाटी, त्रिपुरेश्वर, लगायतका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको छ ।


६ दिन बिराएर पानी आउने गरी पुस मसान्तसम्मको तालिका जारी गरेको छ । कम्पनीले सुख्खा मौसममा अहिले दैनिक ९ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गरिरहेको छ ।

काठमाडौंका कुन कुन ठाउँमा कति बजे आउँछ पानी ?


 


Author

थप समाचार
x