बागमती

बागमतीका ४७९ स्वास्थ्य कर्मचारीको सेवा अवधि थप

इकागज |
पुस २८, २०७८ बुधबार ११:३८ बजे

मकवानपुर–बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रको करारका कर्यरत ४७९ कर्मचारीको सेवा अवधि थप्ने निर्णय गरेको छ। यही पुसमा सकिन लागेको सेवा अवधिलाई कोभिड चर्कदैं गएका कारण थप गर्ने निर्णय गरेको हो।

उनीहरुलाई अघिल्लो वर्ष कोभिड संक्रमणको समयमा करारमा राखिएको थियो । यी कर्मचारीको सेवा अवधि ६ महिनाका लागि थप्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।


साथै, वाग्मती प्रदेशले कोभिड–१९ व्यवस्थापन समितिसमेत गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन  गरेको हो।
 


Author

थप समाचार
x