बागमती

हेटौंडा उपमहानगरका वडामा एमाले गर्‍यो उम्‍मेद्‍वार सिफारिस

सरिता दाहाल |
चैत २५, २०७८ शुक्रबार ९:२१ बजे

मकवानपुर- स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको १९ मध्ये १७ वटा वडामा अध्यक्षहरू सिफारिस गरेको छ । उपमहानगरपालिकाको मेयर उपमेयरबारे आज उमेद्‌वार टुङ्याउने भनिए पनि २७ चैतसम्मको लागि म्याद लम्ब्याइएको छ । पार्ट भित्र आकाक्षी बढि भएपछि मिति लम्ब्याइएको हो ।

बागमती प्रदेश राजधानी तथा प्रदेशको एक मात्रै उपमहानगर हेटौंडा उपमहानगरपालिकाको वडा ३, १० र  १७ बाहेक अन्य वडामा वडाअध्यक्ष भने टुङ्याएको छ । पार्टी अध्यक्ष एकालाल श्रेष्ठका अनुसार यीमध्य केही वडाहरूमा सर्वसम्मत उमेद्‌वार छनौट भएका छन्, भने केही वडाले वडा अध्यक्षमा ३ जनासम्मको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको थियो ।


वडा अध्यक्षको लागि हेटौंडाको वडा नम्बर १ मा सर्वसम्मत उम्‍मेद्‍वार छनौट भएको छ । १ नम्बर वडामा उत्तमप्रसाद पौडेललाई अध्यक्षको उम्‍मेद्‍वार बनाउने निर्णय गरेको छ । वडा कमिटीको अध्यक्षसमेत रहेका पौडेलको नेतृत्वमा वडा सदस्यमा खुलातर्फ सोनामसिं स्याङ्तान र रामकृष्ण अधिकारी, महिला सदस्यमा मनु दाहाल र दलित महिला सदस्यमा ईश्वरी रसाईलीलाई उम्‍मेद्‍वार बनाउने निर्णय गरेको छ । वडा सदस्यमा ईश्वरी रसाइली र खुला सदस्यमा सोनामसिंह स्याङ्तान २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्यहरू हुन् ।

वडा नम्बर २ बाट वर्तमान वडाध्यक्ष हरि राउत पुनः उम्‍मेद्‍वार बनेका छन् । वडा कमिटीको बैठकले राउतलाई सर्वसम्मत रुपमा वडाध्यक्षको उम्‍मेद्‍वार बनाएको हो । वडा नम्बर २ को दलित महिला सदस्यमा सुमित्रा सुनार कामीलाई सर्वसम्मत गर्दा बाँकी रहेको खुल्ला वडा सदस्य र महिला सदस्यहरूमा भने ८ जनालाई सिफारिस गरिएको छ । सिफारिस हुनेहरूमा रामकृष्ण तिमल्सिना, महेश्वरमान श्रेष्ठ, रेनु गुरुङ, शिशिर सुवेदी, जितेन्द्र श्रेष्ठ, चन्द्रावति पनेरु, सिता तिमल्सिना र अञ्जु अधिकारी रहेका छन् ।

वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेले नवीन सिग्देललाई सिफारिस गर्ने निर्णय गरेको छ । एमाले ४ नम्बर वडा कमिटीको बैठकले सर्वसम्मत वडा अध्यक्ष र सदस्यहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले वडा सदस्यमा जनरल श्रेष्ठ, जगन्नाथ पाण्डे, गीता त्रिपाठी र विष्णुदेवी देउलालाई सिफारिस गरेको छ । वडा अध्यक्षमा सिग्देल र सदस्यमा जनरल श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्‍मेद्‍वार हुने भएका छन् भने पाण्डे, त्रिपाठी र देउला नयाँ अनुहार हुन् ।

एमालेले हेटौंडा–५ को वडा अध्यक्षमा सुशील घिमिरेलाई उम्‍मेद्‍वार बनाउने भएको छ । वडा कमिटीले वडा अध्यक्षमा घिमिरेलाई उम्‍मेद्‍वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । ५ नम्बर वडा कमिटीले वडा सदस्यमा ज्ञानु थापा, राम बहादुर राई, भगवती विक र रञ्जीता सिलवालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । ज्ञानु थापा र भगवती विक अहिले पनि वडा सदस्य हुन्, भने राई र सिलवाल नयाँ हुन् ।

हेटौंडा–६ को वडा अध्यक्षमा विश्वराज राई सर्वसम्मत सिफारिस भएका छन् । वडा कमिटीले राईको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । अन्य सदस्यहरू नाम सिफारिस बाँकी रहेको छ ।

यस्तै एमाले ७ नम्बर वडा कमिटीले वर्तमान अध्यक्ष राजन थापालाई नै आगामी निर्वाचनमा उम्‍मेद्‍वार बनाउने निर्णय गरेको छ । थापालाई सवसम्मत उमेद्‌वार बनाउने निर्णय गरेको हो । यस्तै सदस्यमा देवराज रिमाल र नरबहादुर भ्लोन, दलित महिला सदस्यमा सपना विक र महिला सदस्यमा तुलसा अधिकारी सर्वसम्मत चयन भएका छन् । रिमाल हाल जिसस सदस्य हुन् ।

त्यसैगरी हेटौंडा ८ को अध्यक्षमा एमालेको तर्फबाट तीन जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरूमा बोलबहादुर कार्की, यशोधा उप्रेती र रमेशकुमार पौडेल छन् । वडा सदस्य खुल्लामा गोपाल श्रेष्ठ र राजु मुक्तान सर्वसम्मत हुँदा महिला सदस्यमा मञ्जु भुर्तेल, सुशिला मल्ल र सुमित्रा पाण्डे सिफारिस भएका छन् । दलित महिला सदस्यमा कल्पना विक र ममता देउला सिफारिस भएका छन् ।

त्यस्तै एमालेले वडा नम्बर ९ मा नरेन्द्र भण्डारीसहित ३ जनाको नाम वडा अध्यक्षमा सिफारिस गरेको छ । पार्टी वडा कमिटीको बैठकले नरेन्द्र भण्डारीसँगै हालका वडा अध्यक्ष लक्ष्मण भण्डारी र गोमा शाहको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै २ जना खुला सदस्यमा ६ जनाको नाम सिफारिस गरिएको छ । खुला सदस्यमा मदन न्यौपाने, यदुवंश खतिवडा, नारायण खतिवडा, रामकुमार श्रेष्ठ, टिका प्रसाद भट्टराई र सिताराम पौडेलको नाम सिफारिस गर्ने निर्णय भएको छ । महिला सदस्यमा मीना अर्याल र दलित महिलामा लक्ष्मी नेपालीको नाम सिफारिस गरिएको छ । लक्ष्मी नेपाली हालपनि पनि वडा सदस्य हुन भने अर्याल नयाँ हुन् ।

हेटौंडा–११ को वडा अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षमा जुना दाहाल, रामचन्द्र न्यौपाने र दीपक सिवाकोटीको नाम सिफारिस गरेको छ । यस्तै वडाबाट सदस्यमा खुलातर्फ अक्कल बहादुर रोक्का (तीर्थ) र सूर्यबहादुर खुलाल, महिला सदस्यमा गोपिनी सापकोटा र दलित महिला सदस्यमा गीता सुनारको नाम सिफारिस गर्ने निर्णय सर्वसम्मत भएको छ । दाहाल र न्यौपाने हाल वडा सदस्य हुन् ।

यसैगरी हेटौंडा–१२ को अध्यक्षमा राजेश नगरकोटीलाई उम्‍मेद्‍वार बनाउन सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । वडा कमिटीले नगरकोटीलाई सर्वसम्मत अध्यक्ष पदको उम्‍मेद्‍वार बनाउने निर्णय गरेको हो ।
खुला सदस्यतर्फ ज्ञानबहादुर श्रेष्ठ र महेश भट्टराई, महिला सदस्यतर्फ रुक्मिणी स्याङ्तान र दलित महिलातर्फ गीता परियारलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।

हेटौंडा– १३ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा पेम्बा लामा सर्वसम्मत चयन भएका छन् । सदस्यहरूमा आशिष थापा, बुद्ध गोले, बिष्णुमाया परियार र बिष्णुमाया थिङ सर्बसम्मतरुपमा सिफारिस भएको पार्टी अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै वडा नम्बर १४ मा पनि सर्वसम्मत रुपमा वडाध्यक्ष सिफारिस भएको छ । वडा कमिटीको बैठकले वर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य दिपक खड्कालाई वडाध्यक्षको उम्‍मेद्‍वार बनाउने निर्णय गरेको छ ।

त्यस्तै हेटौंडा–१५ को वडा अध्यक्षमा सुनिल मोक्तानलाई उम्‍मेद्‍वार बनाउन सिफारिस गरेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरू पनि सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । वडा कमिटीले वडा सदस्यमा महिलातर्फ पातलीमाया गोङ्बा, दलित महिलातर्फ मिनु विश्वकर्मा, खुलातर्फ राजेन्द्र तितुङ र सिंहबहादुर लोलाई उम्‍मेद्‍वार सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै एमालले हेटौँडा–१६ बाट बसन्तप्रसाद लामिछानेलाई वडाध्यक्ष बनाउन सिफारिस गरेको छ । वडा कमिटीको बैठकले लामिछानेलाई वडाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । वडा सदस्यमा खुलातर्फ राजेन्द्र गरन्जा र कृष्ण बहादुर रुम्बा, दलित महिलातर्फ पवित्रा विश्वकर्मा र महिलातर्फ अस्मिता भुषाललाई उम्‍मेद्‍वार बनाउने निर्णय गरेको छ ।

त्यस्तै एमालेले हेटौँडा–१८ मा हालका अध्यक्ष अनिलकुमार बानियाँलाई नै वडाध्यक्षमा उम्‍मेद्‍वार बनाएको छ । वडा कमिटीको बैठकले बर्तमान वडाध्यक्ष समेत रहेका बानियाँलाई वडाध्यक्षको उम्‍मेद्‍वार बनाउने निर्णय गरेको हो । सदस्यहरूमा तोयानाथ तिमल्सिना, विश्वनाथ ढुंगाना, महिला सदस्यमा कल्पना कुईंकेल र दलित महिला सदस्यमा पुजा मग्रातीलाई उमेद्‌वार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

त्यस्तै हेटौंडा–१९ मा अध्यक्षका लागि तीन जना आकांक्षीको नाम सिफारिस गरिएको छ । वडा कमिटीको बैठकबाट अध्यक्षका आकांक्षी बाहालवाल वडा अध्यक्ष नरनाथ सुवेदीसहित रत्नबहादुर ब्लोन र इन्दिरा तामाङको नाम सिफारिस गर्ने निर्णय भएको छ । सदस्यमा दलित महिलामा शान्ति विक र महिलामा रमा गोले सर्वसम्मत सिफारिस भएका छ्न् । २ जना खुला सदस्यमा कृष्णमान स्याङ्तान, प्रताप थिङ र राजकुमार बज्युको नाम सिफारिस गरिएको छ । इन्दिरा तामाङ र शान्ति विक हाल पनि वडा सदस्य हुन्  ।
 


Author

थप समाचार
x