बागमती

चौताराको यस्तो छ पछिल्लो मत परिणाम

इकागज |
जेठ १, २०७९ आइतबार ६:३७ बजे

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

माओवादीका मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटाले २ हजार ४ सय १९ मत पाएका छन् ।


त्यस्तै एमालेका मेयर उम्मेदवार इन्द्र नेपालले २ हजार २२ मत पाएका छन् ।

त्यस्तै कांग्रेसका उम्मेदवार केशवराज गिरीले १ हजार १ सय ७ मत ल्याएका छन् ।

उपमेयरमा नेकपा समाजवादीकी सीता थापाले  १ हजार ९ सय ९४ मत पाएकी छन् भने एमालेकी बालकुमारी सापकोटाले २ हजार १ सय ८ मत पाएकी छन् । त्यस्तै कांग्रेसकी तुल्सी कुमारी श्रेष्ठले १ हजार १ सय ५७ मत पाएकी छिन् । मत गणना जारी छ ।


Author

थप समाचार
x