बागमती

माडी-९ को वडाध्यक्षमा माओवादीका दवाडी विजयी

इकागज |
जेठ १, २०७९ आइतवार ८:४० बजे

चितवन- माडी नगरपालिका-९ को अध्यक्षमा माओवादीका घनश्याम दवाडीले जितेका छन् । दवाडीले १ हजार १८ मत ल्याउँदा उनका निकटम  प्रतिस्पर्धी एमालेका शिवहरी सुवेदीले ५०८ मत मात्रै प्राप्त गरे । राप्रपाका कुलबहादुर दुराले ४६९ मत ल्याए । यसअघि यस वडामा एमालेका सुवेदीले जितेका थिए । 

वडा सदस्यमा गठबन्धनबाट कांग्रेसकी विना थापा, दलित सदस्यमा माओवादीकी हरिमाया विक र खुला सदस्यमा कांग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङतान विजयी भए ।



Author

थप समाचार
x