बागमती

हेटौंडामा कडा प्रतिस्पर्धा, १ मतले अग्रता

इकागज |
जेठ २, २०७९ सोमवार ७:२ बजे

मकवानपुर- हेटौंडा उपमहानगरपालिकामा मेयरको ३ उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । अनन्त पौडेल र मिना लामा आलोपालो अघिपछि रहेकामा अहिले पौडेल तेस्रोमा देखिएका छन् । 

यसअघि पहिलो भएका राप्रपाका दिपकबहादुर सिंह दोस्रोमा झरेका छन् भने लामा पहिलोमा उक्लिएकी छिन् । पौडेल अहिले ४०२ मत अन्तरले तेस्रोमा झरेका छन् । 


गठबन्धनको तर्फबट मेयरको उम्मेदवार बनेकी हेटौंडामहानगरपालिकाकी मीनाकुमारी लामाले  एक मतले अग्रता लिएकी छिन् । पछिल्लो पटक अगाडि बढेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई एक मतले उछिन्दै उनले अग्रता लिएकी हुन् । 

हेटौंडा ११ हजार ६७३ मतगणनाको मतपरिणाममा लामाले ३ हजार ४५६ मत पाएकी छन् । सिंहले ३ हजार ४५५ र पौडेलले ३ हजार ५५ मत पाएका छन् । 

उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले ५ हजार १०३ मत पाएका छन् भने एमालेको उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार ९५६ मत पाएकी छिन् ।


Author

थप समाचार
x