बागमती

भरतपुर मेयरमा दाहाल-सुवेदीको मतान्तर १८, उपमेयरमा अधिकारी हजार मतले अगाडि

इकागज |
जेठ २, २०७९ सोमबार ७:३० बजे

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् । सुवेदीले १८ मतले अग्रता लिएका छन् । हालसम्म सुवेदीले ३ हजार ३ सय २४ मत पाएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार ३ सय ६ मत पाएकी छन् ।


त्यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार १ सय ८७ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३ हजार ६ सय ८८ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङ २ हजार ६ सय ५० मत पाएकी छन् । भरतपुरमा सत्ता गठबन्धनका उम्मेदवार दाहाल हुन् । यहाँ कांग्रेसका पौडेलले बागी उम्मेदवारी दिएका थिए । हाल मतगणना जारी छ ।


Author

थप समाचार
x