गण्डकी

सदस्य नआएपछि छलफलमा सभापति एक्लै

इकागज |
असार १६, २०७९ बिहीबार २१:० बजे

पोखरा- गण्डकी प्रदेशको बजेट सम्बन्धमा छलफल गर्न अर्थ तथा विकास समितिले बोलाएको बैठकमा सभापति एक्लै भएका छन् ।

गण्डकी प्रदेश सभामा पेश भएको बजेटमा सत्तापक्षभित्रै विवाद सिर्जना भएपछि छलफल गर्न अर्थ तथा विकास समितिले बोलाएको बैठकमा सभापति दिपक कोइराला एक्लै भएका हुन् ।


बजेटमा देखा परेको समस्याका बारेमा छलफलका लागि समितिले अर्थमन्त्री रामजी बराललाई बोलाएको थियो । तर, छलफलका लागि अर्थमन्त्री मात्रै होइन, सदस्यहरू समेत अनुपस्थित भएपछि सभापति कोइराला एक्लै परेका हुन् । मन्त्री र सदस्य सांसद कोही पनि उपस्थित नभएपछि पत्रकारहरूलाई आफ्नो विषय राखेर कोइरालाले २ बजे बैठक बस्‍न नसकेको जानकारी गराएका हुन् । 

अर्थ तथा विकास समितिमा माओवादीबाट कोइराला सभापति बनेका हुन् । समितिमा ५ जना एमालेकै सांसद सदस्य छन् भने १ जना माओवादीका सांसद सदस्य छन् । एमालेबाट किरण गुरुङ, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, चन्द्रमोहन गौचन, जनकलाल श्रेष्ठ र मीनप्रसाद गुरुङ छन् भने नेकपा माओवादी केन्द्रका विनोद केसी सदस्य छन् । उनीहरुले विभिन्‍न तर्क दिँदै बैठकमा उपस्थित नभएको जानकारी दिएका छन् ।


Author

थप समाचार
x