गण्डकी

पोखरा महानगरको बजेट सर्वसम्मतले पारित

इकागज |
असार २६, २०७९ आइतवार १६:३७ बजे

पोखरा । पोखरा महानगर पालिकाको बजेट पारित भएको छ । आईतबार बसेको नगर सभाले आगामी वर्षको बजेट ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट पारित गरेको हो ।

यसअघि बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको र वडाअध्यक्षहरुसँग छलफल नगरी योजना बनाइएको भन्दै विरोध भएको थियो । विरोधपछि रातो किताब किन र कसरी छापियो भन्ने विषयमा छानविन गर्ने सहमतिपछि बजेट प्रस्तुत भएको थियो ।


सो बजेटमा केही परिमार्जनपछि सर्बसम्मत आगामी आर्थिक वर्षका लागि बजेट पारित भएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।


Author

थप समाचार
x