गण्डकी

कास्कीमा खानेपानीको पाइप चोरी आरोपमा वडासदस्यसहित ४ जना पक्राउ

इकागज |
असोज ९, २०७९ आइतबार १९:४३ बजे

पोखरा- खानेपानी पाइप चोरेको आरोपमा कास्कीमा जनप्रतिनिधिसहित ४ जना पक्राउ परेका छन् । कास्कीको मादी गाउँपालिका १ का वडासदस्यसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरूलाई गत असोज ५ गते राती कास्कीकाे मादी गाउँपालिका स्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइप चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्ने कास्कीको मादी गाउँपालिका १ का वडासदस्य ३४ वर्षीय खरजंग गुरुङ रहेको कास्कीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।


वडासदस्य गुरुङसँगै मादी ७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, सोही स्थानका २६ वर्षीय निरज गुरुङ र लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका ८ घर भइ पोखरा –३ कसेरी बस्ने रिदम भनिने सुनिल परियार रहेका छन् ।

प्रहरी प्रवक्ता तिवारीका अनुसार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले ग १ त ५१३७ नम्वरको ट्याक्टरमा पाइप लोड गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई चोरी तथा डाँका मुद्दामा दिन ६ म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x