गण्डकी

घरदैलाेमा आएका नेतालाई विचौरका मतदाता भन्छन् : गाउँकाे विकास गर्ने नेता चाहियाे

इकागज |
कात्तिक २६, २०७९ शनिबार १५:२९ बजे

लमजुङ- लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट लमजुङको प्रदेश सभा 'क' का उम्मेदवार डा. टकराज गुरुङलाई विचौरका मतदाताले गाउँको विकास गर्ने युवा नेता चाहिएको बताएका छन् ।

कांग्रेस लमजुङ जिल्ला सभापति समेत रहेका डा. गुरुङलाई विचौर निवासी ७९ वर्षीय कालिकाप्रसाद दवाडीले आर्शीवाद दिँदै भने, 'हामीलाई तिमीजस्तै युवा र विकासवादी नेता चाहिएको छ, तिमीलाई आर्शीवाद छ, जितेपछि गाउँको विकास गर्न नभुल्नु ।'


कालिकाप्रसाद जस्तैँ विचौरका स्थानीयले जितेर गएपछि नेताहरू गाउँ नै नफर्किएकाे गुनासो छ । लोकतान्त्रिक गठबन्धनको टोली यतिखेर चुनावी प्रचारप्रसार र घरदैलोको क्रममा लमजुङका विकट क्षेत्रहरूमा पुगेको छ । शहर केन्द्रित राजनीति र शहर केन्द्रित विकास गरेका नेताहरूले गाउँको समस्या समाधान गर्न नसक्दा उनीहरूलाई गाउँका आवश्यकता पूरा गर्ने नेता चाहिएको बताएका हुन् ।

डा. गुरुङ पर्यटनविद् र कुशल योजनाकार समेत रहेको विचौरवासीलाई थाहा छ । त्यसैले उनीहरूले यसपटक आफूले रोजे जस्तो नेता पाएको बताएका हुन् । डा. टकराज  घरदैलोको क्रममा पुगेको ठाउँमा धेरैको एउटै भनाइ थियो, गाउँको विकास गर्न नभुल्नु । त्यसको उत्तरमा डा. गुरुङले भनेका छन्, 'मैले जितेर गएपछि विगतका नेताको जस्तो गल्ती गर्दिनँ र सरकारमा गाउँको विकासका लागि आफ्ना एजेण्डाहरू प्रस्तुत गर्ने छु ।' 

ग्रामीण सडकको निर्माण र स्तरोन्नति गरेर गाउँमा उत्पादन बढाउने र ति उत्पादनलाई शहरमा पुर्‍याउन सके केही हदसम्म बेरोजगारी समस्या समाधान गर्न सकिने डा. गुरुङको तर्क छ ।


Author

थप समाचार
x