गण्डकी

चुनावकाे छेउमै गण्डकीका भाैतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

इकागज |
कात्तिक २९, २०७९ मगलवार १६:२३ बजे

पाेखरा। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मंगलबार मन्त्रीबाट बर्खास्त गरेका हुन् ।

प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको मुख्यमन्त्रीनिकट स्रोतले बतायो । स्रोतका अनुसार मन्त्री खड्काले कास्की २ (ख) बाट उम्मेदवार बनेका विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप छ ।


‘उपभोक्ता समितिहरुलाई बोलाएर विन्दुलाई भोट नहाल्नू भन्नुभएछ । यो क्रम नरोकिएपछि केन्द्रको निर्देशनमै मन्त्रीबाट हटाइएको हो,’ स्रोत भन्छ । थापा र खड्का कास्की २(ख) को उम्मेदवार रेसमा थिए । अन्त्यमा थापाले टिकट पाएका थिए । क्षत्री समाजको राजनीति गरेर उदाएका उनी अघिल्लो निर्वाचन २०७४ सालमा तत्कालीन अखण्ड नेपाल पार्टीलाई कांग्रेसमा विलय गराएर समानुपातिक सांसद बनेका हुन् । गण्डकीका मुख्यमन्त्री पोखरेलले यसभन्दा अघि जलस्रोत, खानेपानी तथा सिंचाई मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरेका थिए ।


Author

थप समाचार
x