गण्डकी

एमाले भन्ने पार्टी केपी ओली प्रालिमा परिणत भैसक्यो : तरुणदल अध्यक्ष गुरुङ

इकागज |
कात्तिक २९, २०७९ मगलवार १९:१८ बजे

पर्वत- नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आज पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै एमाके पार्टी केपी ओली प्रालिमा परिणत भइसकेको आरोप लगाए ।

अध्यक्ष गुरुङले नेतृत्वको गलत कार्यको आवाज उठाउँदै गर्दा आज भीम रावल, घनश्याम भुसाल जस्ता पार्टीका बलिया नेता बिहरगमित हुन पुगेको बताए । ओलीले नेपालीको भावनालाई कुल्ची रहेको आरोपसमेत उनले लगाएका छन् ।


पटक-पटक संसद् विघटन गरेर ओलीले आफू महाराजा बन्ने सपना देखेर देशलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै उनले यस पटक सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

पार्टीभित्र केही असन्तुष्टि रहेता पनि मुलुकको आवश्यकताका कारण वाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै उनले संविधानको रक्षा र मुलुकको विकासका लागि जनतालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् ।


Author

थप समाचार
x